राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद डा. स्वर्णिम वाग्ले संसदमा सहकारीको महाकाव्य लेख्ने प्रयत्न गरिएको आरोप लगाएका छन्।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद वाग्ले गृहमन्त्रीलाई संसदमा बोल्न नदिएर असंसदीय काम गरिएको आरोप लगाएका छन् । उनले संसद्‌मा बोल्न नदिएर कस्तो संसदीय अभ्यास गर्न खोजेको हो भन्दै प्रश्न गरेका छ। संसदमा यो हदसम्मको असहिष्णुताले प्रश्न उठाएको समेत बताए ।

उनले आरोप लाग्ने बित्तिकै राजीनामा गर्ने हो भने त्यो सहमति गर्न चुनौती दिएका छन् । उनले गृहमन्त्रीले जवाफ दिन चाहेको बताइरहेको बेला बोल्न नदिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए ।

सांसद वाग्लेले सहकार र लघुवित्तको समस्या समाधान गर्न यसै संसदबाट विधेयक बनाएर अगाडि बढ्न आग्रह गरेका छन् ।