इलाममा चियाको पहिलो टिपाइ शुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि सगै पहिलो टिपाइ शुरु गरेको किसान ठाकुर खतिवडाले बताउनुभयो । अघिल्ला वर्षमा चैतको पहिलो हप्तामै पहिलो टिपाइ शुरु हुने गरेको र यस वर्ष पानी ढिला परेकोले मुना ढिलो पलाएको किसान खतिवडाले बताउनुभयो ।
इलामको तल्लो क्षेत्रमा चिया टिप्न शुरु भए पनि माथिल्लो क्षेत्रमा अझै चियाको मुना पलाएको छैन । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले पनि यो चिया महँगो मूल्यमा बिक्ने गरेको छ । यसबाट गुणस्तरीय चिया निर्माण हुने भएकाले विदेशी नागरिकले समेत पहिलो टिपाइ नै खोज्ने गरेका छन् ।
