२५ चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो ।
नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रन बनाए । ओपनर आसिफ शेख ३४ बलमा २ चौका र १ छक्कासहित ३४ तथा कुशल भुर्तेल २१ बलमा १९ रनमा क्याच आउट भए ।
