प्रत्येक वर्ष झाडापखालाले नेपालको कुनै न कुनै ठाउँमा महामारीको रुप लिने गरेको छ । जसको चपेटामा सबैभन्दा बढी बालबालिका पर्छन् । विश्व स्वास्थ संगठन (डब्लुएचओ)का अनुसार विश्वभरमा प्रत्येक वर्ष यस समस्याबाट ४० लाख बालबालिकाको मृत्यु हुन्छ । सो महामारी सबैभन्दा बढी गर्मीयाममा देखिन्छ ।
गर्मी मौसममै किन लाग्छ झाडापखाला ?
झाडापखाला गर्मी र जाडो मौसम दुवैमा देखिन्छ । तर सबैभन्दा बढी गर्मी महिनामा बिरामी प्रभावित हुन्छन् । र, यो तीव्र गतिमा फैलिन्छ । कारण भनेको तापक्रम बढेसँगै बाह्य जीवाणु सक्रिय हुन्छ । र, संख्या पनि बढ्दै दोब्बर-तेब्बर विकास हुन्छ ।
पानीको स्रोतहरु दूषित हुन्छ । दूषित पानीमा जीवाणु अति छिटो फैलिन्छ । र, खानेकुराहरु छिट्टै सड्ने र गल्ने गर्छन् । यस्ता खानेकुरा र पानी उपभोग गर्दा झाडापखाला लाग्छ । र, नियन्त्रण गर्न सकिएन भने समुदाय स्तरमा फैलिन्छ ।
अन्य कारण
संक्रमण
दूषित पानी वा खानेकुरामा सक्रिय रहेको जीवाणु तथा भाइरस तथा विषादीले संक्रमण गराउँछ ।
बालबालिकामा रोटा भाइरस, व्यस्कमा नोरोभाइरसले पखाला लगाउन सक्छ ।
