रुपन्देही, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन् । अहिले धेरै चुनौती थपिएको बताउदै उनले सबै मतभेद हटाएर चुनौतीको सामना गर्न आग्रह गरे ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले हिज आयोजना गरेको नयाँ बर्षको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमका अवसरमा उनले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गरेका हुन ।