नेपाल न्युट्रास्युटिकल्स कस्मेस्युटिकल्स एसोसिएसन (एनएनसिए) मा विप्लव रञ्जितको अध्यतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सो अवसरमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अधिकृत शिव भण्डारी, नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष शिवराज बास्कोटा, नेपाल फार्मेसी संघका निवर्तमान अध्यक्ष अमृत खनाल, प्रजातान्त्रिक फार्मेसी संघका अध्यक्ष सुदिप सुवेदी लगायतले नयाँ कार्यसमितिलाई धन्यवाद दिनु भयो ।
