दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलियामा घरमा राखेको सलाई बच्चाले खेलाउने क्रममा आगलागी हुँदा तरुलिया निवासी अन्दाजी ८७ वर्षीय बिरबहादुर बोटेको मृत्यु भएको छ।

आगलागी भएको समयमा घरभित्र कागजात लिन जाँदा उनी जल्न पुगेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । मृतक बोटेको गोठबाट सुरु भएको आगोलागी उनको घर हुँदै अन्य दुई घर पनि जलेर नष्ट भएका छन् ।

आगोमा परी घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छ । स्थानीय, जनप्रतिनिधि र प्रहरीको सहयोगमा राती नियन्त्रण आएको थियो ।