नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । रूखा, खोकी लागेकाले घरमै स्वास्थ्य लाभ गरिरहेको उनको सचिवालयले जानकारी दियो।ओलीको स्वास्थ्यमा समस्या देखिएपछि गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा चलिरहेको छ ।
समूहमा शनिबार पेश भएको राजनीतिक, सांगठनिक र केन्द्रीय निकाय (लेखा, कानुन, अनुशासन आयोग र सल्लाहकार परिषद्) हरूको प्रतिवेदनमाथि छलफल भइरहेको छ।
प्रतिनिधि परिषद्को बैठकमा २ हजार ४५४ जना प्रतिनिधि सहभागी छन्।
टोली नेताहरूले दस्तावेजमाथि आ–आफ्नो समूहको छलफलको निचोड सुनाउनेछन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतले उठेका प्रश्नको जवाफ दिएर प्रतिनिधि परिषद्को बैठक सकिनेछ।
