प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्यालेस्टिनी विद्रोही हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन्।सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै‘सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरूले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनु परेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ, प्रधानमन्त्रीले भने, उक्त घटनामा परेर ज्यान गुमाउनुहुने विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। उनका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।

अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गर्दा त्यहाँ १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। आक्रमणपछि हमासले नेपालका विपिन जोशीलाई बन्धक बनाएर गजा पुर्‍याएको थियो।अझै पनि एक जना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्, प्रधानमन्त्री प्रचण्डले भने ‘उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ।