काठमाडौंको हावा फेरि अवस्थकर देखिएको छ। वायु शुद्धता सूचकांकअनुसार काठमाडौं खराव हावाको सूचीमा पहिलो नम्बरमा परेको छ।सिंगापुरले अहिले बिहान ९ः ५५ मा मापन गरेको वायु गुणस्तरअनुसार काठमाडौंको एक्युआइ १८४ पुगेको छ।यो सूचकांकअनुसार सयभन्दा माथिको वायुलाई हानिकारक मानिन्छ।

सिंगापुरले रियल टाइममा मापन गरेको गुणस्तरअनुसार खराब वायुको सूचीमा चीनको बेइजिङ सहर दोस्रो नम्बरमा छ। बेइजिङको एक्युआइ १६४ रहेको छ।

तेस्रो नम्बरमा थाइल्यान्ड रहेको छ। थाइल्यान्डको १६२ एक्युआइ छ भने भारतको कोलकाताको एक्युआइ १५१ रहेको छ।
वातावरण विभागले अद्यावधिक गरेको विवरणअनुसार काठमाडौंको वायु घातक देखिएको छ। 

विभागकाअनुसार काठमाडौंको शंखपार्कको एक्युआइ २९५ पुगेको छ। त्यस्तै भरतपुरको २१०, ललितपुरको खुमलटारको १८९ एक्युआइ रहेको छ।देशभर डढेलोका घटना वृद्धि हुँदा हावा हानिकारक बन्न पुगेको होयसअघि चैत अन्तिममा पनि काठमाडौं प्रदूषण बढी रहेको सहरको पहिलो नम्बरमा थियो।