प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको ३१ औं स्मृति दिवस मनाइएको छ। पासाङ्ग ल्हामुले २०५० साल वैशाख १० गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा पासाङ ल्हामु शेर्पा मेमोरियल फाउन्डेसनले एक कर्यक्रमको आयोजना गर्दै उनको ३१ औ स्मृती दिवस मनाएको हो।
सगरमाथाको सफल आरोहण गरेर फर्किँदै गर्दा उनको निधन भएको थियो।


