वैशाख-१६, काठमाण्डौ, केही महत्वपूर्ण योजनाहरुमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले काठमाडौंमा एक कार्यक्रमका बिच तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ। काठमाण्डौमा आयोजित लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे । दुई दिन सम्म चल्ने सम्मेलनमा केन्द्र, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ गरी जम्मा १ सय ५० परियोजना प्रस्तुत हुने छन्।

ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजना रहेको सम्मेलनमा ६ वटाभन्दा बढी सत्र सञ्चालन हुनेछन् । भने ९ खर्ब बराबरको परियोजना रहेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जनाए ।
सम्मेलनमा चीन, भारत, संयुक्त राज्य अमेरिका, जापान, संयुक्त अधिराज्य, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (युएई), जर्मनी, दक्षिण कोरिया, अस्ट्रेलिया, मलेसिया, पाकिस्तान, सिङ्गापुर, कतार, घाना, साउदी अरब, फ्रान्स, बहराइन, स्वीटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का, कोलम्बियाका, फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस, बेल्जियम, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको, साइप्रसबाट गरी १६०० भन्दा धेरै लगानी कर्ताको सहभागिता रहने बोर्डले जानकारी गराएको छ ।
