वैशाख-२०, नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ खेलाडी नेपाली टिमको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको १५ सदस्य खेलाडी टोलीमा नेपाल र वेस्टइन्डिज बिच चलिरहेको ५ टि-२० सिरिजमा राम्रो प्रर्दशन गरेका तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाल टोलीमा अताएका छन्।
जुन २ तारिक देखी सुरु हुन गईरहेको आईसीसी टी-२० विश्वकपकमा नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ, त्यसैगरी दोस्र खेल १२ जुनमा श्रीलंकासँग, तेस्रो खेल १५ जुनमा दक्षिण अफ्रिका र चौथो खेल १७ जुनमा बंगलादेशसँग खेल्नेछ। ५ टिम रहेको ग्रुपको शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा आफ्नो स्थान बनाउनेछ।

रोहित पौडेलको कप्तानिमा रहेको १५ खेलाडी नेपाली टिममा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल, कमलसिंह ऐरी र अनिलकुमार शाह (विकेटकिपर) रहेका छन्।
