वैशाख-२२, पाँच खेलको अन्तिम टि-२०मा वष्टइण्डिज ए माथी नेपालले ६ विकेटको जित निकालेको छ। पहिलो र अन्तिम खेलमा जित हात पारे पनि बिचका ३ खेल गुमाएका कारण सिरिज भने वष्टइण्डिज ए ले ३-२ ले जितेको छ।

घरेलु दर्शक सामु १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। नेपाललाई जित दिलाउने क्रममा आसिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरेका थिए। त्यसै गरी अन्तिम २ ओभरमा २२ रन आवस्यक रहेको अवस्थामा कुशल मल्लले ५ बल्लमा लगातार ५ वाउण्ड्रि लगाएर ७ बल अगाडि नै लक्ष्य पुरा गरेका थिए जहाँ उनले १८ बलमा ३७ रनको उत्कृष्ट फिनिसिङ गरेका थिए।

त्यसअघि पाहुना टोलिले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। पाहुना टोलि वष्टइण्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। वेष्टइण्डिज ए का लागि १७२ रन बनाउने क्रममा एलिक एथानाजेले सर्वाधिक ४२ रनको पारि खेलेका थिए। त्यसैगरी कप्तान रोस्टन चेसले ३३, जोनसन चार्ल्सले २४, म्याथ्थु फर्डले २३, कदिम एलियन र मार्क दयालले ११/११ रनको पारि खेलेका थिए।

नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि। त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै नेपालले सिरिज गुमाएको थियो। सिरिज वष्टइण्डिजले ३-२ ले जितेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *