इन्डियन प्रिमियर लिगको १७‌ औं संस्करणको ५१ खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स १२ बर्ष पछी आफ्नो घरेलु मैदान वानखडेमा कोलकता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ। यो हारसँगै घरेलु टोली मुम्बइ लिगबाट बाहिरिने पक्का पक्की अब मुम्बइका लागि अंकगणित मात्रै बाँकी।

गए राति मुम्बइ र कोलकता बिच भएको खेलमा पहिला टस जितेर मुम्बइले फिल्डिङ रोजेको थियो। उत्कृष्ट सुरुवाट गरेको मुम्बइले निर्धारित १९.५ ओभरमा कोलकतालाई १६९ रनमा आउट गरेको थियो। कलकताका ओपनर दोहोरो रन नबनाउदै आउट भए पनि टिमका लागि पहिले ब्याटिङ गर्दै वेंकटेश ऐरले ५२ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन, मनिष पाण्डे ३१ बलमा २ चौका र २ छक्कासहित ४२ र घुवंशीले १३ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन भने बनाउन सकेनन्।

कलकतालाई सस्तैमा समेत्ने क्रममा मुम्बइका जस्प्रित बुमराह र नुवान थुशराले ३-३ विकेट लिए भने हार्दिक पान्ड्याले २ र पियुया चवालाले १ विकेट लिएका थिए भने रसल रनआउट भएका थिए।

दोस्रो ईनिङमा १७० रनको लक्ष्य पछ्याएको मुम्बइले घरेलु दर्शक सामु १८.५ ओभरमा १४५ रनमा अल आउट भयो। मुम्बइका लागि सूर्यकुमार यादवले ३५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६, टिम डेविडले २४ रन बाहेक कसैको उत्कृष्ट पारी आउन सकेन।

१२ बर्ष पछी मुम्बइलाई घरेलु मैदानमा १४५ रनमा अलआउट गर्ने क्रममा आइपीएलका सर्वाधिक महंगा खेलाडी कोलकाताका मिचेल स्टार्कले ३.५ ओभरमा ३३ रन खर्चेर उत्कृष्ट ४ विकेट लिएका थिए भने बरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले २-२ विकेट लिए।

यो जित संगै कोलकाता १० खेलमा ७ मा जितका साथ १४ अंक जोड्दै दोस्रो स्थानमा कायम रहेको छ भने राजस्थान १० खेलमा ८ मा जितेर १६ अंकका साथ शीर्षस्थानमा छ। टप ४ मा स्थान बनाउनका लागि अहिले सम्म समान १० खेलमा १२-१२ अंकका साथ लखनउ तेस्रो र हैदराबाद चौथो स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *