इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् । गएराति भएको खेलमा कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको छ भने चेन्नईले पञ्जाबलाई २८ रनले हराएको छ ।

जितसँगै अहिलेसम्म खेलेका ११ खेलमा ८ मा जित र ३ मा हार व्यहोरेर १६ अङ्कका साथ कोलकाता तालिकाको पहिलो स्थानमा, चेन्नई ११ खेलमा १२ अङ्क सहित तेस्रो स्थानमा, समान ११ खेल खेलेको लखनउ १२ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा, पञ्जाब भने ११ खेलमा ८ अङ्क सहित आठौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन्  । मुम्बईमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।