सरकारको आ ब २०८१।८२ को नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने भएको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ १ गते दिउँसो तीन बजे संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयो। 

सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था रहेको छ।