गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाको विवाह र विवाहपछिका तस्वीर तथा भिडियोले यतिबेला सामाजिक सञ्जाल गर्माएको छ ।  हालै पनि लामै समय खुट्टा ढोगेको भिडियोले सामाजिक संजालमा चर्चा पाएको थियो ।

सो भिडियोमा एलिनाले दुई मिनेटभन्दा लामो समय लगातार खुट्टा ढोगिरहेको देखिन्छ । उनका श्रीमानले लगातार पैसा दिइरहेका देखिन्छन् र एलिनाले एकोहोरो खुट्टा ढोगिरहेको देखिन्छ ।कतिपयले एलिना र विष्णुको उक्त कार्यप्रति समर्थन गर्दै नेपाली संस्कारको निरन्तरता भएको बताएका छन् ।कतिपयले  विरोध गरेका छन् ।

एलिना भन्छिन् मैले मेरो खुशीका लागि खुट्टा ढोगेको हुँ तर मैले ढोगें भन्दैमा सबैले ढोग्नु पर्छ भन्ने त छैन । आफ्नो विचार र खुशी हो जसलाई जस्तो मन पर्छ त्यस्तै गर्दा हुन्छ नि ।