शनिबार बिहान करिब साढे ५ बजे बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार कुपन्डोलस्थित सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो।
प्रहरी प्रभाग कुपन्डोलका अनुसार पोल नै भाँचिएको छ विद्युत् सेवा पनि अवरूद्ध छ उनले भने। दुर्घटनाबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ।
कार चालक ललितपुरकै सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल छन्। उनी प्रहरी प्रभाग कुपन्डोलको नियन्त्रणमा छन्। त्यहाँका प्रहरी जवान नारद जोशीका अनुसार चालकले मापसे र तीव्र गतिका कारण कार बिजुलीको पोलमा ठोक्किएको हो।
