नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि निकालेको मूल्य सूचीअनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय रूपैयाँ बढी हो।
गत वैशाख ९ गते सुनको मूल्य अहिलेसम्मकै धेरै एक लाख ३९ हजार तीन सय पुगेको थियो। आज यो रेकर्ड तोडिएको होत्यस्तै बिहीबारको लागि तेजाबी सुनको मूल्य एक लाख ३९ हजार तीन सय तोकिएको छ।
बिहीबार चाँदीको भाउ पनि बढेको छ। यस दिनको लागि एक तोला चाँदीको मूल्य एक हजार ८०५ रुपैयाँ कायम भएको छ।
बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।
