८ जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान राख्न नहुने बताए ।कांग्रेसले आफूलाई सम्हाल्नुपर्‍यो कांग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक अभ्यास मूल्य मान्यतामा आउनुपर्‍यो उनले भने ।