कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। 

सिरोहियालाई मंगलबार प्रहरीले काठमाडौँबाट पक्राउ गरी धनुषा लगेको हो । उनले दोहोरो नागरिकता लिएको आरोपमा परेको उजुरीमाथि प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो । सोही क्रममा धनुषा प्रहरीले उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो ।