नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ ।सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान लगभग ९ बजेको समयमा पहिरो खसेको थियो । इच्छामनकामना गाउँपालिका- वडा नं ५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नं. पुलका लागि पहाड काट्ने क्रममा माथिबाट झरेको ढुंगासहितको पहिरोले चालक चौधरीसहित स्काभेटरलाइमा क्षति पुर्याएको थियो ।
पहिरोमा परी गम्भीर घाइते भएका चालक चौधरीको उपचारका लागि भरतपुर लगिए पनि उपचारमा संलग्न चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
