देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज १७ औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनले लिएको हरेक नागरिकको आकांक्षासँग जोडिएको गणतन्त्र स्थापनाको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम हुँदैछ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुले गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै नागरिकमा छाएको निराशाहरु सबै मिलेर हटाउनुपर्नेमा जोड दिएका छन् ।

आज गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ भने सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति समेत गठन गरेको छ ।