पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ-बुटवल सडकखण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको बर्षाले गएराति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको बताएका हुन । अवरुद्ध सडकमा ट्रक समेत फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको उनले बताएका छन् ।उक्त सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको उनले बताए ।
