स्थानीय वायु सक्रिय हुँदा काठमाडौंमा हावाहुरीसहित वर्षा भइरहेको छ।
दाङदेखि विकास भएको स्थानीय वायु प्रणालीले हावाहुरी र वर्षा निम्त्याएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।
उनले यो प्रणालीका कारण काठमाडौंमा मध्यम वर्षा हुने बताए।
हाल मनसुनी वायु भारतको सिक्किम आसपास आइपुगेको छ।
नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
