२२ जेठ, काठमाडौं । हावाहुरीसहित वर्षात हुँदा केहीबेर रोकिएको हवाइ उडान सुरु भएको छ । मंगलबार बिहान काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र मधेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको थियो ।

हावाहुरीसहित भएको वर्षातले भिजिबिलिटी कम हुँदा केहीबेर उडान समेत प्रभावित भएको थियो ।

अहिले भिजिबिलिटी खुलेपछि उडान पनि सुरु भएका छन् मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भने ।