२४ जेठ, काठमाडौं ।आज बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ गते उच्च मूल्य प्रतिऔंस २४५० डलरसम्म पुगेको सुन बिहीबार (साढे १० बजे) २३६८ छ । नेपालमा बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि अन्तर्राष्ट्रियभन्दा उच्च दरले सुन महँगिएको हो ।
चाँदीको भाउ बिहीबार तोलामा २५ रुपैयाँ बढेर १८५० रुपैयाँ कायम भएको छ ।
