२४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले पाँच सय र एक हजारको नोटमा गौतम बुद्धको तस्वीर राख्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने नेपाली रुपैयाँ पाँच सय र एक हजारको नोटमा भगवान तस्वीर राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।