जेठ-२३, रुपन्देही। स्थानीय सामाग्रीको प्रयोग, रोजगारीमा सहयोग भन्ने नाराका साथ कञ्चन गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आज देखी पाँच दिने अचार,जाम तथा सस बनाउने सम्बन्धी तालिमको सुरुवात भएको छ।

कञ्चन गाउँपालिका वडा नं २ को सभा हलमा पाँच दिन सम्म संचालन हुने अचार,जाम तथा सस बनाउने तालिमको उद्घाटन प्रमुख अतिथी तथा कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले गर्नु भएको थियो। उपाध्यक्ष थापाले कञ्चन गापामा कृषि भु-भाग धेरै भएकाले यो तालिमले व्यवसायिकता विकासमा महत्वपूर्ण भुमिका खेल्ने जानकारी गराउनु भयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नं २ का वडा अध्यक्ष टेक बहादुर गुरुङले समग्र कञ्चन गाउँपालिका भरीमा कृषक तथा प्रशिक्षार्थीलाई वडा नं २ को सभाहलमा उपस्थित गराउन पाउदा खुसि व्यक्त गर्नु भयो साथै अन्य वडा भन्दा वडा नं २ मा धेरै कृषक भएकाले पनि यो तालिमले कृषि उत्पादन पछिको बजारिकरणमा टेवा मिल्ने कुरा व्यक्त गर्नु भयो।

उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कृषि विकास शाखा सहायाक रामप्रसाद अधिकारीले तालिम विशेष गरेर तरकारीमा सेल्फ लाईफ कम हुने हुदा उत्पादन पछि लामो समय सम्मनि पोष्टहार्भेष्ट गरेर राख्न सकिने हुदा यस्ले आर्थीक उत्पादनमा समेट सहयोग पुर्याउने र बजारमा पनि माग रहेको हुदा यो तालिमको आयोजना गरिएको बताउनु भयो। तलिम प्रश्चात पनि व्यवसायिक रुपमा अचार व्यवसाय गर्नेलाई कञ्चन गापाले निरन्तर सहयोग गर्ने बताउनु भयो।

कञ्चन गापा आर्थिक विकास समिति संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष साथै उद्घाटन शत्रका अध्यक्ष केसर बहादुर खत्रीले उपस्थित सहभागिलाई तालिमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नु भयो। आफु लगायत समग्र कञ्चन गापा सधै व्यवसायिकता विकासमा सकरात्मक रहेको हुदा पाँच दिन पूर्ण रुपमा सिकेर आफुलाई अबल बनाउन सम्पूर्णलाई अनुरोध समेत गर्नु भयो।

कञ्चन गाउँपालिकाका ५ वटै वडा बाट निवेदन माग गरी आएका निवेदनबाट छनोट गरी कञ्चन गाउँपालिका भरिबाट जम्मा ३० जनालाई तालिममा सहभागि गराईएको छ। तालिम पाँच दिन सम्म नै वडा नं २ को सभा हलमा संचालन हुनेछ भने तालिममा कपिलवस्तु तथा बुटवलबाट प्रशिक्षकको उपस्थिति रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *