जेठ-३०, बुधवार। जारी टि२० विश्वकप २०२४ तर्फको २३ औं खेल जुन नेपाल र श्रीलंका बिच सेन्ट्रल ब्रोवार्डमा नेपाली समय अनुसार बिहान ५:१५ मा संचालन हुने भनेको निरन्तरको वर्षाको कारण खेल रद्ध भएको छ दुवै टोलिले १-१ अंक सहित खाता खोलेका छन्।

नेपालले जारी प्रतियोगितामा आफ्नो पहिलो खेल नेदरल्याण्ड संग हारेको छ भने बाँकी २ खेल असार १ गते अफ्रिका संग र असार ३ गते बंगलादेश संग वस्टेइण्डिजमा खेल्ने छ। नेपालले आफ्नो बाँकी २ खेल जित्न सके सुपर ८मा जाने सम्भावना जिवितै रहने छ। नेपालका लागि बाँकी २ खेलमा अनुभवि लेग स्पिनर लामिछाने पनि उपलब्ध हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *