१७ असार, काठमाडौं । युरो २०२४ मा सोमबार राति फ्रान्स र बेल्जियम भिड्दै छन् । यो प्रिक्वाटरफाइनलको ठूलो खेल हो । खेल जित्ने टोली क्वाटरफाइनल पुग्नेछ भने हार्ने बाहिरिनेछ ।
यी दुई देश नजिकका छिमेकी हुन् । युरोपमै मात्र होइन्, विश्व फुटबलकै बलिया टोली हुन् । फिफा वरीयतामा फ्रान्स नम्बर २ हो भने बेल्जियम नम्बर ३ मा छ । त्यसैले यो यस युरोकै ब्लकबस्टर खेल मानिएको छ ।
