३१ भदौ, काठमाडौं । सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ तोकेकोछ ।

चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।