गुल्सन झाको आक्रामक ब्याटिङको सहयोगमा नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई १७७ रनको लक्ष्य दिएको थियो ।

किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो । नेपालका गुलशन झा १७ बलमा ३ चौका र ३ छक्कासहित ४० रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे । आसिफ शेख २२ बलमा १ चौका र २ छक्का तथा अनिल साहले २१ बलमा ३ चौका र १ छक्कासहित २७-२७ रन बनाए । देव खनाल र कप्तान रोहित पौडेल २-२ रनमा आउट भए । कुशल मल्ल २६ बलमा २ चौका र २ छक्कासहित ३० तथा कुशल भुर्तेल १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए ।