२१ वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखक काभ्रेको बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गएका छन् ।

गृहमन्त्री लेखक सोमबार पनौती नगरपालिका–१२, बेथानचोक गाउँपालिका–४ लगायतका क्षेत्र पुगेका हुन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले राहत वितरणका साथै सडकको अवरोध हटाउने, खानेपानी, विद्युत लगायतका आधारभूत सेवा सञ्चालन गर्ने भएको बताए ।

लगत्तै पुनर्स्थापना तथा पुनर्निर्माणमा जु्ट्ने उनले बताए । उनले स्थानीय जनप्रतिनिधिहरुलाई पूर्ण रुपमा क्षतिग्रस्त भएका घरहरुको लाभग्राही पहिचान गरेर पठाउन आग्रह गरे । यसरी आएको ३ दिनभित्र अस्थायी आवास बनाउन पहिलो किस्ता पठाउँछौं ।

उनले भने खानाका लागि ५ जनासम्म सदस्य भएको परिवारलाई १५ हजार र बढी भए २० हजार रुपैयाँ पठाउँछौं ।