३० कात्तिक, काठमाडौं । सुनको भाउ शुक्रबार सामान्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन प्रतितोला १ सय रुपैयाँले मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १९१० रुपैयाँ कायम भएको छ ।