१२ पुस, काठमाडौं । सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५० हजार ३०० रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०० रुपैयाँ रहेको चाँदी आज १८१५ रुपैयाँ पुगेको छ ।
