त्रिभुवन विश्वविद्यालयका १४ हजारभन्दा बढी विद्यार्थी दिक्षित भएका छन्।
शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५० औं दीक्षान्त समारोहमा १४ हजार ३०८ जना विद्यार्थी दीक्षित भएका हुन्।
स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ १२२ जना विद्यार्थी दीक्षित भएका छन्। दीक्षान्त समारोहमा विद्यार्थीसँगै उनीहरूका अभिभावक पनि रंगशाला पुगेका थिए।
५० औं दीक्षान्त समारोहलाई त्रिभुवन विश्वविद्यालयले स्वर्ण महोत्सवका रूपमा पनि मनाएको छ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, वरिष्ठ कृषि वैज्ञानिक डा. रामप्रसाद यादवलगायत विद्यार्थी र अभिभावकको सहभागीता थियो।
