काठमाडौं । दयाहाङ राई स्टारर सोसल ड्रामा ‘कार्साङ’ शुक्रबारदेखि नेपालका हलमा प्रदर्शनमा आएको छ।

‘कार्साङ’ अभिनेता दयाहाङको ६ महिनापछिको रिलिज हो । याम शेर्पा निर्देशित यस फिल्मले यार्सा नामक सिन्धुपाल्चोकको शेर्पा समुदायको एक झाँक्री लोप्साङको कथा भन्छ । आर्थिक विपन्नतासँग जुधिरहेको उक्त पात्रले कसरी समाज र परिवारका असमानतासँग संघर्ष गर्छ भन्ने कथावस्तु यसमा समावेश छ ।

दयाहाङसहित जितु नेपाल, सिर्जना निङलेखु र दीया मास्केको यसमा शीर्ष भूमिका छ । यो फिल्मको रनटाइम १२६ मिनेट र सर्टिफिकेट युनिभर्सल छ ।