च्याउ खेती प्रविधि सम्बन्धी २ दिवशिय तालिम एक कार्यक्रमका बिच समापन भएको छ। करिव ३० जना कृषकहरूलाई सैद्धान्तिक एवंम प्रयोगात्मक तरिकाबाट प्रशिक्षण गरिएको थियो। तालिममा सहभागी कृषकहरूले व्यवसायिक रुपमा च्याउ उत्पादन खेती सुरु गर्ने बताएका छन्।

यसैगरी सहभागीहरुले छोटो समयमा सिक्न सक्ने तथा तत्कालै फाइदा लिन सक्ने तालिम उपलब्धिमूलक रहेको धारणा राखेका थिए। कार्यक्रममा संगठित समूहका सदस्यहरूलाई च्याउको बिऊ तथा आवश्यक सामाग्रीहरु समेत वितरण गरिएको थियो।

