स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, सरकारले १६ लाख किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाउन लागेको बताएका छन् । जनकल्याण सामाजिक केन्द्रले आयोजना गरेको “निःशुल्क स्वास्थ्य तथा आँखा शिविर” को उद्घाटन गर्दै उनले १० देखि १४ बर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाउन सरकार लागिरेहको बताएका हुन् ।
महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सर विरुद्धको खोप प्रदान गर्न लागेको छ साथै पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताए ।सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उनले बताएका छन् ।
