युवाहरूको नेतृत्व र व्यक्तित्व विकास, विधिको शासन र व्यवसायीक सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको नेपाल जेसीज र अन्नपूर्ण मिडिया नेटवर्क बीच युवाहरूको क्षमता अभिवृद्धि गर्ने अभिप्रायका साथ सहकार्य भएको छ । मंगलबार तिनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वाटरमा आयोजित एक समारोहमा सहकार्यपत्रमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक श्री मनोज बस्नेत र नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष जेसी रजनी थापाले हस्ताक्षर गर्नु भएको थियो । सम्झौता समारोहमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष बबिता पाण्डे, अभिषेक दुलाल, नेपाल जेसीजका प्रमुख प्रशासकीय अधिकृत प्रभात श्रेष्ठ, इटहरी जुनीयर जेसीजका सदस्य मानवराज बराल, माडी जेसीज वर्ष २०२४ का अध्यक्ष सन्तोष भट्टराई सहितले सहभागिता रहेको थियो ।
