नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्लले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता बुटबलबाट खेल्ने भएका छन्।

हालै सम्पन्न नेपाल प्रिमियिर लिग (एनपिएल) मा चितवन राईनोजका मार्की खेलाडी समेत रहेका मल्लले क्रिकेटको शहर धनगढीमा माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराईजन बुटबलबाट प्रतियोगिता खेल्ने भएका हुन्।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ। सबै टोलीहरुले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन्। ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।