नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। 

बिहीबारको तुलनामा शुक्रबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको हो।

महासंघको तथ्यांक अुनसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कराोबार भइरहेको छ। 
बिहीबार एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको थियो। 

त्यसैगरी, शुक्रबार  चाँदीको मूल्य बढेको छ। 

बिहीबार प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ९ सय १५ रूपैयाँ किनबेच भइरहेको छ।