बजारमा आलुको मूल्य घटेको छ। 

आपूर्ति बढी भएकाले आलुको मूल्य घटेको कालिमाटीका होलसेल व्यवसायी दधिराज उप्रेतीले जानकारी दिए। आलु अन्य तरकारी जस्तो धेरै घट्ने होइन। प्रतिकिलो दुईरतीन रूपैयाँले घट्दै जाने हो उनले भने। 

उनका अनुसार आलुको मूल्य घट्न थालेको एक महिना भयो। एक महिना अघि बजारमा आलु प्रतिकिलो होलसेल मूल्य ५५ देखि ६० रूपैयाँ थियो। अहिले घटेर ३० देखि ३५ रूपैयाँमा आएको छ। 

सिजन भएकाले यो महिनाभर आलुको मूल्य अझै दुई/तीन रूपैयाँ घट्न सक्ने उनी बताउँछन्। उनका अनुसार फागुन लागेपछि भने किसानले कोल्डस्टोरमा राख्न थाल्छन्।