दुर्गेश थापाले एसइई परीक्षा अवधिभर कुनै पनि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालबाट बुधबार विज्ञप्ति जारी गर्दै उनले भाइबहिनीहरूको पढाइमा असर पर्ने सक्ने भन्दै एसइई परीक्षा अवधिभर सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘मलाई धेरै महोत्सव तथा इभेन्टबाट कार्यक्रमको लागि कल आइरहेको छ । यदि मैले कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ । ध्यान भंग गर्छ अनि भविष्यमा असर पर्न सक्छ । यी कुरालाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै कार्यक्रम नगर्ने घोषणा गर्दछु ।’

उनले भनेका छन्, ‘मलाई फेरि कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरुपी फ्यानहरू हुनुहुन्छ र हजुरहरुको हौसला, ऊर्जा अनि साथले नै मलाई यो उचाइमा पु¥याएको हो । त्यसैले, जब हजुरहरुको लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ ।’

यस वर्षको एसईई परीक्षा ७ चैतदेखि सुरु हुँदैछ । गायक थापाले एसइई दिन लागेका सबै भाइबहिनीहरूलाई शुभकामना पनि दिएका छन् । यसवर्ष ५ लाख १४ हजारभन्दा धेरै विद्यार्थीले परीक्षा दिँदैछन् ।