मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने निर्णय भएको छ । इद उल फितर मुस्लिम धर्मालम्विहरुको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रो अनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा हुने दिन पारेर मनाइन्छ ।

