१४ वैशाख, काठमाडौं । सप्तरीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
कंचनरूप नगरपालिका-१० बदगामास्थित पूर्वपश्चिम राजमार्गमा आइतबार मध्याह्न बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार प्र १-०१-००१ ख ३४२० नं.को बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।
