वैशाख-१५, रुपन्देही। सुनवल जेसीज वर्ष २०२५ को आयोजना तथा वडा बाल संजालको सह-आयोजनामा वडा बाल संजालका पदाधिकारी तथा सदस्यहरुका लागि दुई दिने उद्घोषण तथा क्षमता विकास तालिम संचालन भएको छ।

सुनवल जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी सुवर्ण पौडेलको अध्यक्षता, सुनवल नगरपालिका वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापाको प्रमुख आतिथ्यतामा संचालन भएको तालिममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेल, वडा सदस्य प्रशुराम कुंवर, बालकुमारी दर्जी, सुनवल जेसीज पूर्व अध्यक्ष क्लबकि अध्यक्ष साथै वर्ष २०२५ कि अध्यक्ष सल्लाहकार जेसी जमुना थापा ज्यूको उपस्थिती रहेको थियो।

वैशाख १२ र १३ गते सुनवल सामुदायिक सिकाई केन्द्रमा संथालन भएको तालिममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा राष्ट्रिय प्रशिक्षक जेसी राजन शर्मा पौडेलले प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षण सम्पन्न गर्नु भएको थियो। तलिमको उद्घाटन सत्रको संचालन बाल संजालले गर्नु भएको थियो भने समापन सत्रको संचालन वर्ष २०२५ कि महासचिवले गर्नु भएको थियो।

