रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। गएराति चेन्नई सुपर किंग्सलाई २ रनले पराजित गर्दै बेंग्लुरू शीर्ष स्थानमा उक्लिएको हो।
बेंग्लुरूविरूद्ध जितका लागि २१४ रनको लक्ष्य पाएको चेन्नईले अन्तिम तीन बलमा ६ रन जोड्न नसक्दा पराजय ब्यहोर्न पुग्यो। अन्तिम ओभरको तेस्रो बलमा कप्तान महेन्द्रसिंहको विकेटपछि चेन्नई दबाबमा देखिएको थियो।
उनको विकेटपछि आएका शिबम दुबेले चौथो बलमा छक्का हाने। यश दयालको बलिङ नो बल हुन पुगेपछि चेन्नई जित नजिक पुगेको थियो। अन्तिम तीन बलमा जितका लागि ६ रन आवश्यक थियो। तर चेन्नईले तीनै बलमा एक/एक रन मात्रै बनाउँदा पराजित भएको हो।
